Nepal Purbadhar

टेक एण्ड पेबारे छलफलबाट निकास नलागे जे पनि हुन सक्छ: इप्पान अध्यक्ष गणेश कार्की


काठमाडौं । आगामी आर्थिक वर्षदेखि लागू हुने ‘टेक एण्ड पे’ विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नीतिविरुद्ध निजी ऊर्जा प्रवर्धकहरू आन्दोलित भएका छन् । बजेटमार्फत सार्वजनिक गरिएको यो नीतिले जलविद्युत् क्षेत्रमा १७ हजार मेगावाटभन्दा बढीमा गरिएको लगानी संकटमा परेको भन्दै उनीहरूले पावर हाउस बन्द गरेर देशैभर ‘ब्ल्याक आउट’ गर्ने चेतावनी समेत दिएका छन् ।

‘टेक एण्ड पे’ मोडल अन्तर्गत विद्युत् प्राधिकरणले केवल आफूले प्रयोग गरेको बिजुलीको मात्रै भुक्तानी गर्नेछ। यसले लगानीकर्तालाई आम्दानीको ग्यारेन्टी नदिने भएकाले बैङ्क तथा सर्वसाधारण समेत जलविद्युत्मा लगानी गर्न हिच्किचाउने अवस्था देखिएको छ । यसको प्रत्यक्ष असर रन अफ रिभर (ROR) प्रकृतिका आयोजनामा पर्नेछ, जहाँ निजी क्षेत्रको मुख्य लगानी रहेको छ। इप्पानका अनुसार हालसम्म ६६ अर्ब रुपैयाँ लगानी भइसकेको २५६ आयोजना प्रभावित हुनेछन्। सम्भावित लगानी मात्र ३४ खर्बभन्दा बढीको जोखिममा छ ।

। नीति सच्याइएन भने, जलविद्युत् विकासको गति ठप्प हुने प्रवर्धकहरुको भनाई छ ।

सरकारले ल्याएको यो नीतिलाई स्वतन्त्र उर्जा उत्पादकलाई कसरी हेरेको छ त? प्रस्तुत छ, इप्पानका अध्यक्ष गणेश कार्कीसँग नेपाल पूर्वाधारले गरेको कुराकानी । 


Read Previous

अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइदै

Read Next

मेयर बालेन र उपमेयर सुनिताबीच भेटवार्ता, कार्यपालिका र नगरसभा गर्न दुवै सकरात्मक