Nepal Purbadhar

बीएमडब्लूको इलेक्ट्रिक कार नेपाली बजारमा, मूल्य कति ?


काठमाडौं । नेपालमा बीएमडब्लू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लू आईएक्सटू एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) ल्याएको छ। यसको मूल्य एक करोड ७९ लाख ९६ हजार रूपैयाँ रहेको छ।

आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यो मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ।

यो गाडीले अधिकतम १५० किलोवाट/२०४ एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म रहेको छ।

कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्ने कम्पनीले जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

जलविद्युतमा ब्रेक लगाउने रहस्यमय खेल: ‘टेक एण्ड पे’ कसका लागि?

Read Next

ऊर्जामन्त्रीले गरे गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन