Nepal Purbadhar

निर्माणाधीन एसियन हाइवेले चालकलाई सास्ती


काठमाडौं । निर्माणाधीन एसियन हाइवेका कारण पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई सास्ती भएको छ । ठाउँ ठाउँमा डाइभर्सन भएको हुँदा समय बढी लाग्ने गरेको छ । साथै पानी परेको बेला निकै समस्या हुने गरेको चालकहरुले बताएका छन् ।  

एसियन हाइवेका कारण सप्तरीको कञ्चनपुर रुपनगरदेखि सिरहाको बन्दीपुरसम्म बाटो बिग्रिएको छ । पानी पर्दा कतिपय ठाउँमा ठूला सवारीसाधन समेत कटाउन मुस्किल हुने अवस्था छ । यही रुटमा ९-१० वर्षदेखि गाडी चलाइरहेका मेची एयर बसका एक चालकका अनुसार पहिले काँकडभिट्टाबाट बेलुका साढे पाँच बजे हिँड्दा बिहान ९ बजे काठमाडौं पुग्ने गरेकोमा अहिले मुस्किलले १२ बजे पुगिन्छ ।

एसियाली विकास बैंकको सहयोगमा १० अर्ब लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । यस अन्तर्गत अहिले काँकडभिट्टा–लौकही खण्डको काम भइरहेको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

Read Next

राजावादीको आन्दोलनमा ध्वस्त भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ६० प्रतिशतसम्म उत्पादन थाल्यो