Nepal Purbadhar

बस्न सकेन प्रतिनिधसभा, भोलीसम्मका लागि स्थगित


काठमाडौं । दिउँसो दुई बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक भोलीसम्मका लागि स्थगित भएको हो । 

आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजे बस्ने भन्दै स्थगित भएको थियो । यद्यपी दिउँसो २ बजे पनि बैठक बस्न सकेन् । 

पछिल्लो केही समयदेखि प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको भन्दै प्रतिपक्षले उनको राजीनामा माग्दै प्रतिनिधिसभा अवरुद्ध गरिरहेका छन् ।


Read Previous

सूचना टाँसेर स्थगीत भयो प्रतिनिधि सभा बैठक

Read Next

जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायी र प्रहरी बिच तनाव