Nepal Purbadhar

सुनको मूल्यमा दुई हजारले बृद्धि

सांकेतिक तस्बिर


काठमाडौं । सुनको मूल्यमा बृद्धि भएको छ । 

सोमबारको तुलनामा मंगलबार नेपाली बारमा सुनको मूल्यमा २ हजार ९ सय रुपैयाँले बृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार प्रति तोला सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै चाँदीको मूल्यमा पनि मंगलबार ५५ रुपैयाँले बृद्धि भएको छ । मंगलबार चाँदिको मुल्य दुई हजार ४५ रुपैयाँ निर्धारण भएको हो । 


Read Previous

अलपत्र कञ्चनजङ्घा: रोयल्टीमा परिषद्को हात, तर छैन विकास

Read Next

सहमतिपछि पनि चलेनन् सार्वजनिक यातायात