
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न शिर्षकका अनुसारमा ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान दिँदैछ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) काअनुसार विभिन्न चार शिर्षकका अनुदानका रुपमा स्थानीय सरकार तथा प्रदेश सरकारलाई यो अनुदान प्रदान हुनेछ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरि स्थानीय तथा प्रदेश सरकारलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ दिईनेछ ।
यसमध्ये प्रदेशले ९७ अर्ब ५६ करोड ०४ लाख रुपैयाँ अनुदानका रुपमा प्राप्त गर्दैछन् । त्यस्तै स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदानका रुपमा प्राप्त गर्दैछन् ।