Nepal Purbadhar

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको ताजा अवस्था तस्बिरमा हेर्नुहोस्


काठमाडौँ । जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गरेका छन् ।

१३.२ किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै मन्त्री खड्काले अब हेडवक्स र पावरहाउस निर्माण कार्यलाई लक्ष्यअनुसार अघि बढाउन निर्देशन दिए।

१४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट १ लाख २२ हजार हेक्टर मधेश प्रदेशको जमिनमा सिँचाइ सुविधा पुग्नेछ भने ३२ मेगावाट विद्युत उत्पादन हुनेछ त्यस्तै कुल पानीको १० प्रतिशत खानेपानीका लागि प्रयोग गरिनेछ ।

निरीक्षणका क्रममा मन्त्री खड्काले आयोजना समयमै सम्पन्न गर्नका लागि ठेकेदार, कन्सल्ट्यान्ट, कर्मचारी तथा सरोकारवाला सबै पक्ष गम्भीरतापूर्वक जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए। उनले सरकारको तर्फबाट कुनै कमी नहुने र आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।


Read Previous

यातायात ठप्प हुँदा यात्रुका लागि नेपाल प्रहरीको निःशुल्क बस सेवा

Read Next

प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब बढी अनुदान, कसलाई कति?