
काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
सार्वजनिक यातायात फाट्टफुट्ट चलेका कारण यात्रुहरु मारमा परेका छन् । उनीहरुले राइड सेयरिङको प्रयोग गरेर गन्तव्यसम्म जान थालेका छन् ।
बन्दको मौका छोपेर राइड सेयरिङ कम्पनीहरुले भाडा बढी लिएर यात्रु ठग्न थालेका छन् । ट्राफिक प्रहरीले सूचना जारी गर्दै विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरुलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासो आइरहेको भन्दै राइडरहरुलाई यस्तो नगर्न आग्रह गरेको छ ।
साथै बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा कल गरी जानकारी दिन आग्रह गरेको छ ।
