
काठमाडौं । २५० करोड रुपैयाँ हिनामिना गरेर फरार रहेका कर्णाली विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् ।
लामो समय भारतमा लुकेर बसेका रायलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले रायलाई नेपाल-भारत सिमास्थित बेलहीया नाकाबाट शनिबार पक्राउ गरिएको हो ।
२०६० सालमा खुलेको बैंकमा राय २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृत (सिईओ)का रुपमा कार्यरत थिए ।
उनी शुक्रबार पक्राउ परेका हुन् । उनलाई रुपन्देहीको बेहलिया नाकाबाट पक्राउ गरिएको हो ।
उनी विरुद्ध नेपालगञ्जबाटै मुद्धा चलाउने तयारीमा प्रहरी छ । उनी नेकपा एमालेका नेता समेत हुन् ।
