Nepal Purbadhar

प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ


प्राकृतिक तथा सांस्कृतिक रुपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरु छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।

अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ।  यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन्।

प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको संगमले पर्यटकलाई लोभ्याउँछ।

मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका संग्रहालयले पनि आगन्तुकहरुलाई पर्याप्त जानकारी दिन्छन् । 

मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरु खुलेका हुन्छन् । दिउँसो १२ बजेपछि भने विस्तारै हावा चल्न थाल्छ र हिमालहरु तुवालोले ढाकिँदै जान्छन् । जलवायु परिवर्तनका कारण हिमालहरु नाँगिदै गएकोमा स्थानीयबासीका साथै पर्यटक पनि चिन्ता व्यक्त गर्छन् । 


Read Previous

इप्पानले भन्यो- निजी क्षेत्रलाई बजेट मार्फत निराशावादी बनाइयो

Read Next

२५० करोड रुपैयाँ हिनामिना गरेर फरार रहेका कर्णाली विकास बैंकका सञ्चालक पक्राउ 

Nepal Purbadhar