Nepal Purbadhar

क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा : ऊर्जामन्त्री


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधीसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व सूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताए । “कम्तिमा वडा तहमा कार्यरत जनप्रतिनिधीलाई बाढी पहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ,”– उनले भने, सामान्यभन्दा बढी पानी पर्ने अनुमान यसवर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुझ बनाउन सरकार लागिरेहको उहाँको भनाई थियो ।’

उनले मौसम पूर्वसूचना प्रणालीको बारेमा जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्नसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । जनप्रतिनिधी र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई थियो ।

ऊर्जामन्त्री खड्काले विद्युत विद्येयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए । वजेटको विचमा विद्येयक ल्याउन सकिए उर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।


Read Previous

इप्पानको सेबोनलाई जवाफ: ‘बिचौलियाले प्रवर्धकलाई आइपिओ निष्कासन गरिदिन्छु भन्दै पैसा मागेकै हो’

Read Next

टेक एण्ड पे पीपीए- १७ हजारमा मेगावाटका आयोजना निर्माणको बाटो बन्द, ३४ खर्ब लगानी प्रभावित हुने

Nepal Purbadhar