Nepal Purbadhar

तीन कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन नपाउने


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन कम्पनीलाई कालोसूचीमा राखेको छ ।

दुई निर्माण कम्पनी र एउटा परामर्शदाता कम्पनीलाई कालोसूचीमा राखेको हो ।

यज्ञश्वरी निर्माण सेवा, एसियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि र न्यु तुलसी निर्माण सेवा कालोसूचीमा परेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग ठेक्का लिएर काम नगरेपछि यज्ञश्वरी निर्माओ सेवा २ वर्षका लागि कालोसूचीमा परेको हो ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीको ठेक्का लिएर समयमा काम नगरेका कारण एसियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि १ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको हो ।

पूर्वाधार विकास कार्यालय, सल्यानबाट ठेक्का लिएर काम नगरेका कारण न्यू तुलसी निर्माण सेवा १ वर्षका लागि कालोसूचीमा परेको हो ।

कालोसूचीमा राखिएको अवधिभर कुनै पनि कम्पनीले सार्वजनिक खरिदमा भाग लिन पाउँदैन ।


Read Previous

आहा अन्तु डाँडा ! तस्बिरमा हेर्नुस् मनमोहक दृश्य

Read Next

सुनको मूल्य तोलामै १७०० रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?