
काठमाडौं । हुन्डाईको क्रेटा ईभी भैरहवा बुटवल क्षेत्रमा सार्वजनिक भएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले क्रेटा ईभी उक्त क्षेत्रमा सार्वजनिक गरेको हो ।
कम्पनीको अनुसारनयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ । तर हुन्डाई नेपालले देशमै क्रेटा आइसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आइसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन ।
साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा रिल्याक्स डिसी र एसी गरी ६६ चार्जर सुचारु गरिसकेको छ ।
यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आइसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले ३१ बैशाखमा सिद्दि विनायक मोटो कर्प प्रालि बुटवल र जगत मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा बोधि भिल्ला, मणिग्राममा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएका थिए ।

पछिल्ला कार्यक्रमहरुको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा ईभीका ३० भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरियो । जसमा कार्यक्रम स्थलबाट १० वटा क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार यसले प्रमाणित गर्छ कि यस क्षेत्रका मानिसहरूले हुन्डाईप्रति अद्वितीय विश्वास र भरोसा राखेका छन् । सायद यस क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकोले, यहाँका मानिसहरुमा हुन्डाईको गाडी र सेवा प्रति बलियो विश्वास छ । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।