Nepal Purbadhar

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, के के छन् एजेण्डा ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज राती ८ बजे बालुवाटारमा बस्ने गरी उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

स्रोतका अनु्सार बैठक सचिव बढुवादेखि गभर्नर सिफारिस समितिको पुनर्गठनसम्मको एजेण्डा छ । विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएपछि पुनर्गठनका लागि छलफल हुनेछ । भने विनोद प्रकाश सिंह र गणेश पाण्डेय अवकास भएपछि रिक्त रहेका दुई सचिव पदमा बढुवा गर्ने एजेण्डा छ ।


Read Previous

कलंकीमा बन्दैछ फल्चा शैलीको बस प्रतीक्षालय (तस्बिर समाचार)

Read Next

विद्युत प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत आयोजनाको पीपीए खोल्यो