Nepal Purbadhar

३६५ मेगावाटको ८ परियोजना बुट मोडलमा निर्माण गरिने,विद्युत विकास विभागले माग्यो आशयपत्र


काठमाडौं । सरकारले ३६५.४२ मेगावाटका ८ परियोजना बुट मोडलमा निर्माण गर्ने भएको छ ।

विद्युत विकास विभागले यी परियोजना बुट मोडलमा निर्माणका लागि आशयपत्र जारी गरेको छ ।

दुधकोसी-४, बेनी कालीगण्डकी,हुम्ला कर्णाली, इन्खुवा खोला,कालीगण्डकी अपर, लोती कर्णाली, लोवर होङगु, संखुवाखोला जलविद्युत आयोजना बुट मोडलमा निर्माण गर्न लागेको हो ।

५०.५ मेगावाटको बेनी कालीगण्डकी हाइड्रोपावर म्याग्दी र पर्वतमा निर्माण हुनेछ । विद्युत विकास विभागले यो परियोजनाको अध्ययन गरेको हो । यो नदी प्रवाही आयोजना हो ।

४७  मेगावाटको दुधकोसी-४ जलविद्युत आयोजना सोलुखुम्बुमा पहिचान भएको छ । ६१.०२ मेगावाट हुम्ला कर्णाली जलविद्युत आयोजना हुम्लामा निर्माण हुनेछ ।

२१.४ मेगावाटको इंखु खोला जलविद्युत आयोजना सोलुखुम्बुमामा पहिचान भएको छ ।

६५ मेगावाटको कालीगण्डकी अपर जलविद्युत आयोजना म्याग्दीमा निर्माण हुनेछ । लोती कर्णाली अर्ध जलाशय प्रकृतिको आयोजना हो । यसको जडित क्षमता ४९.५ मेगावाट छ । हुम्लामा पहिचान भएको छ ।

३०.२ मेगावाटको लोवर होङ्गु जलविद्युत आयोजना सोलुखुम्बुमा निर्माण हुनेछ ।

४०.८ मेगावाटको शंखुवाखोला-१ जलविद्युत् आयोजना  संखुवासभा र भोजपुरमा निर्माण हुनेछ ।

इच्छु्क कम्पनीले जुन ८ सम्म आवेदन दिन सक्नेछन् ।


Read Previous

मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछ : ऊर्जामन्त्री खड्का

Read Next

गिरुबारी पुल भाँचिँदा नारायणगढ–बुटवल सडकखण्ड पूर्ण अवरुद्ध