
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबैभन्दा धेरै बिजुली खपत गर्ने र बक्यौता नरहेका १० उद्योगलाई सम्मान गर्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले २ महिनाभन्दा बढी बक्यौता नरहेका त्यस्ता उद्योगलाई सम्मान गर्न लागेका हुन् । शाक्यले १० उद्योगलाई सम्मान गर्न लागिएको बताए ।
उनले उद्योगीहरुलाई हौसला र प्रोत्साहनका लागि सम्मान गर्न लागिएको बताए । ‘उहाँहरुलाई के सहयोग गर्ने भन्ने विषय पनि छ । वितरण केन्द्रका प्रमुखहरुले उहाँहरुको बत्ती जाने बित्तिकै बनाइदिने, केहि समस्या भए समाधान गरिदिनेलगायतका विषयहरु छ,’ उनले भने, ‘प्राधिकरणलाई यसबाट कुनै घाटा छैन् । उद्योगीहरुलाई फाइदा छ । प्राधिकरणबाट साह्रै नराम्रो भएको महसुस गरे । हामी हाम्रा ग्राहकसँग सम्बन्ध सुर्धान चाहान्छौं ।’
शाक्यका अनुसार ती उद्योगहरूले प्राधिकरणको आम्दानीमा योगदान त दिएका छन् नै, व्यवसायिक अनुशासन पनि देखाएका छन्, ।यसबाट उद्योगीहरुमा हौसला थपिनेछ र सेवाप्रतिको विश्वास पनि बढ्ने उनको विश्वास छ । ा