Nepal Purbadhar

प्राधिकरणले तयार पार्‍यो श्वेतपत्र, १० अर्ब रुपैयाँ ऋण किन लिइदैछ ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र तयार पारेको छ ।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले १ महिना बढी समय  लगाएर तयार पारेको श्वेतपत्र बोर्डमा पेश गर्ने तयारी गरेका छन् । आज बस्ने सञ्चालक समितिको बैठकमा उनले श्वेतपत्र पेस गर्न लागेका छन् । स्रोतका अनुसार श्वेत पत्रमा प्राधिकरणको वित्तिय अवस्थालाई प्राथमिकतामा राखिएको छ ।

‘प्राधिकरणलाई नाफामा लगेर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वाहावही कमाए । जसरी पनि घाटामा छ भन्ने देखाउने प्रयत्न श्वेतपत्रमा गरिएको छ,’ स्रोतले भन्यो,’श्वेत पत्रमा प्राधिकरणलाई क्यास फ्लोको समस्या भएकाले १० अर्ब रुपैयाँ ऋण लिने विषय समेत उल्लेख छ ।’

७५ पृष्ठ लामो श्वेतपत्र तयार पारिएको छ । श्वेतपत्रमा विद्युतीकरणदेखि वित्तिय अवस्था देखाइएको छ ।

श्वेतपत्रमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता र अन्य बक्यौता गरी कुल ३२ अर्ब रुपैयाँ बक्यौता रहेको उल्लेख छ । १२ अर्ब  रुपैयाँ नियम विपरीतको बक्यौता रहेको श्वेतपत्रमा उल्लेख छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले श्वेत पत्र ल्याउने अन्तिम तयारी भएको बताएका छन् । उनले कार्यकाल सम्हाल्दै प्राधिकरणको श्वेत्र पत्र ल्याउने घोषणा गरेका थिए । साथै प्राधिकरणको सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय समेत गरिसकेको छ ।

श्वेतपत्रमा अहिलेको प्राधिकरणको वित्तिय अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ । ‘प्राधिकरणमा कुलमान घिसिङको दोस्रो कार्यकालमा भएका विषयहरु समावेश हुनेछन् । उहाँले देखाएको नाफाको विषयमा समेत उल्लेख हुनेछ । प्राधिकरण वित्तिय रुपमा समस्यामा पर्दैछ,’ स्रोतले भन्यो, ‘वित्तिय रुपमा बलियो हुनका लागि गरिने कामहरु समेत समावेश गरिनेछ ।’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार प्राधिकरणले ठेक्का लगाएर निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न सकेको छैन् । सहायक कम्पनीहरुलाई सेयर बापत दिनुपर्ने भुक्तानी दिन सकेको छैन् । यी दुई गरी करिब ११ अर्ब रुपैयाँ भुक्तानी प्राधिकरणले दिन सकेको छैन् ।

शाक्यले प्राधिकरणको अहिलेको वास्तविक अवस्था देखाउन र आगामी दिनमा गरिने योजना समेटेर श्वेतपत्र ल्याउन लागेको बताए ।

सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । कारी नरसिेमा भे


Read Previous

अशान्त बन्यो शिक्षक आन्दोलन, प्रहरीसँग झडप

Read Next

पोखरा विमानस्थलमा १० अर्ब भ्रष्ट्राचार भएको प्रतिवेदन लिङदेनले लेखा समितिलाई बुझाए

Nepal Purbadhar