Nepal Purbadhar

पोखरा विमानस्थलमा १० अर्ब भ्रष्ट्राचार भएको प्रतिवेदन लिङदेनले लेखा समितिलाई बुझाए


काठमाडौं । पोखरा विमानस्थलमा निर्माणका क्रममा १० अर्ब रुपैयाँ भ्रष्ट्राचार भएको प्रतिवेदन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बुझाएका छन् ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाएका हुन् । लिङदेनको संयोजकत्वमा पोखरा विमानस्थलको विषयमा अध्ययन गर्न लेखा समितिले उपसमिति बनाएको थियो ।

लिङदेन नेतृत्वको उपसमितिले निर्माणको लागत बढाएर भ्रष्ट्राचार गरेको उल्लेख गरेका छन् । निर्माण लागत बढाएर २२ अर्ब पूर्‍याएर भ्रष्ट्राचार गरेको उल्लेख छ । २ अर्बभन्दा बढी कर छुट दिएर १० अर्ब रुपैयाँ भ्रष्ट्राचार गरेको उल्लेख छ ।


Read Previous

प्राधिकरणले तयार पार्‍यो श्वेतपत्र, १० अर्ब रुपैयाँ ऋण किन लिइदैछ ?

Read Next

भोली ११ बजे प्राधिकरणको श्वेतपत्र जारी हुने, केके आउँदैछ ?