Nepal Purbadhar

अशान्त बन्यो शिक्षक आन्दोलन, प्रहरीसँग झडप


काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ।

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

तस्बिरमा हेर्नुस सुन्दर पर्यटकीय गाउँ घान्द्रुक

Read Next

प्राधिकरणले तयार पार्‍यो श्वेतपत्र, १० अर्ब रुपैयाँ ऋण किन लिइदैछ ?