Nepal Purbadhar

कुलमानको समर्थन गरेपछि ऊर्जा राज्यमन्त्री बर्खास्त


काठमाडौ । सरकारले ऊर्जा राज्यमन्त्री पुर्ण बहादुर तामाङ कान्छारामलाई बर्खास्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन ।

उनले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारी निर्णयको बिरोध गरेका थिए । राज्यमन्त्री तामाङले उर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए । सिंचाई विभागको औपचारिक कार्यक्रममा राज्यमन्त्री अतिथि बनेर आउने भएपछि सचिव आचार्यले कार्यक्रम बहिष्कार गरेका थिए । त्यसपछि तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका थिए । तर सचिव आचार्यले स्पष्टीकरण बु्झाएनन् ।

गृहमन्त्री रमेश लेखकले टेलिफोन गरेर राज्यमन्त्री तामाङलाई राजीनामा दिन आग्रह गरेका थिए । राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् ।

Facebook Comments

Read Previous

रातो मछिन्द्रनाथ जात्राको तयारी, पुल्चोकमा परम्परागत काठको रथ निर्माण तीव्र

Read Next

सिडेनले इन्जिनियरहरुको राष्ट्रिय सम्मेलन बिहिबार गर्ने, ५०० बढी इन्जिनियरहरु सहभागी हुने

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar