
काठमाडौं । नेपाल प्रहरीले विवादित व्यवसायी दुर्गा प्रसाईलाई भारत पुगेर पक्राउ गरेको छ ।
तीनकुने हिंसाको मुख्य योजनाकार भएको भन्दै उनलाई भारत पुगेर पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार उनी भारतको आसाम राज्यमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई अहिले काकडभिट्टाको बाटो मार्फत नेपाल ल्याईदैछ ।
प्रसाई निकटहरुले भने उनी पक्राउ परेको नभई आफै सुरक्षाका लागि भन्दै आसम प्रहरीको सम्पर्कमा पुगेका थिए ।
तीनकुनेको हिसांत्मक घटनापछि प्रसाई फरार भएका थिए । राजा फर्काउने भन्दै प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा दुई जनाले ज्यान गुमाएका थिए । तोडफोड, लुटपाट,आगजनीजस्ता कार्यहरु भएका थिए ।
