Nepal Purbadhar

शनिबार, माघ ५, २०८१
Saturday, January 18, 2025

शनिबार, माघ ५, २०८१
Saturday, January 18, 2025

कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् ।

आइतबार अपराह्र्न उनले स्पष्टीकरण बुझाएका हुन् । गत साता उनलाई ऊर्जा सचिव सुरेश आचार्यले ९ बुँदे स्पष्टीकरण मागेका थिए ।

घिसिङले हटाउन चूनौती दिँदै स्पष्टीकरण बुझाएका छन् । उनले आफुले प्राधिकरणलाई नाफामा लगेको , तोकिएकै समयमा माथिल्लो तामाकोसीको पुनर्निर्माण गरेको, कार्य सम्पादन विवरण बुझाएको भन्दै स्पष्टीकरण बुझाएका हु्न ।

कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण,जसरी पनि हटाउने योजनामा मन्त्री खड्का

उनलाई सरकारले हटाउने तयारी गरेको छ । अब मन्त्रिपरिषदबाट स्पष्टीकरण सोधेर बर्खास्त गर्नेसम्मको सरकारको तयारी छ ।


Read Previous

लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’ 

Read Next

ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *