Nepal Purbadhar

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान


वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान
काठमाडौं
मन्त्री परिषदको गत भदौं १३ गतेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) उत्साहित भएको छ ।
इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले आइतबार संयुक्त विज्ञप्ती जारी गरेर नेपालमा निजी क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएका अधिकारीको ऊर्जा मन्त्रालयमा भएको नियुक्तपछि विद्युत् क्षेत्रमा निजी क्षेत्रको प्रवद्र्धन हुनुका साथै सहजीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘नीतिगत, कार्यगत लगायतका ऊर्जा क्षेत्रका समग्र विषयवस्तुका विज्ञ व्यक्तित्वलाई बरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारको मन्त्री परिषद तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्काप्रति इप्पान हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौं,’ संयुक्त विज्ञप्तीमा भनिएको छ ,‘लामो समय नेपाल विद्युत प्राधिकरणमा विद्युत व्यापार विभागको नेतृत्व सम्हालेर विद्युत उत्पादनमा सहभागी निजी क्षेत्रलाई नजिकबाट नियाल्नु भएका र निजी क्षेत्रप्रति सधै सकारात्मक धारणा राख्नुहुने अधिकारीकोे नियुक्तिले निजी क्षेत्र उत्साहित भएको छ ।’
इप्पानद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा नेपालमा निजी क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउनुभएका अधिकारीको ऊर्जा मन्त्रालयमा भएको नियुक्तिपछि विदुत क्षेत्रमा निजी क्षेत्रको प्रवद्र्धन हुनुका साथै सहजीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छ । इप्पानले विद्युत उत्पादनमार्फत ऊर्जा विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको निजी क्षेत्रको प्रवद्र्धनमा विद्युत उत्पादनतर्फ मात्र नभई प्रसारण तथा विद्युत व्यापारमा समेत निजी क्षेत्रको उल्लेख्य सहभागिता र भूमिका सुनिश्चित गराउन आवश्यक नीतिगत प्रबन्धका लागि उहाँ विज्ञता र अनुभवबाट नेपाल सरकारले ऊर्जा क्षेत्रमा परिणाममुखी हुने विश्वास व्यक्त गरेको छ ।


Read Previous

एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Read Next

सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *