Nepal Purbadhar

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा   


सिन्धुली । बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिर क्षेत्रकाे मार्ग एकतर्फी सञ्चालनमा आएको हाे ।

वर्षाका कारण पहिराे खसेपनि याे लाेकमार्गबाट हुने  आवत-जावत सडक अवरुद्ध हुन पुगेकाे थियाे । अहिले सडकमा खसेकाे पहिराे पन्छाएर एकतर्फीरूपमा सडकमा यातायात सञ्चालनमा ल्याइएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले पहिरो पन्छाउने कार्य अहिले पनि भइरहेको छ ।


Read Previous

निर्माणाधीन धुलिखेल-खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती   

Read Next

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै