Nepal Purbadhar

बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित   


कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने ८ वटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका ८ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हाे ।

चालु आर्थिक वर्षमा प्रतिपुल ४० लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ । चप्टे नदीमा पुल निर्माण गर्न दुई करोड ९७ लाख रुपैयाँ, मटेलीमा ३ करोड २६ लाख रुपैयाँ र चौकीगडा पुलका लागि ४ करोड ७० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोल– लामगाडा पुल ४ करोड ५ लाख रुपैयाँ, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख रुपैयाँ, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः ५ करोड १९ लाख रुपैयाँ र ४ करोड ५० लाख रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको उनले बताए । उनले चालू वर्षमा विनियाेजन भएकाे सबै बजेट खर्च भइसकेकाले अहिले काम प्रभावित हुन पुगेकाे छ ।


Read Previous

मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर   

Read Next

खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी