Nepal Purbadhar

मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्‍याइँदै   


तनहुँ । तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट ३ चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो ।

मुहानबाट करिब ५ सय मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिए  । उनका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट १ लाख लिटर क्षमताका २ वटा र ३० हजार लिटर क्षमताका २ वटा रिर्जभ ट्याङ्की निर्माण गरिनेछन् ।

थापाका अनुसार इन्टेक नजिक एक लाख लिटर, बीचमा ३०/३० हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण गरिनेछ । “ट्याङ्की निर्माणपश्चात् सङ्कलित पानी लिफ्टिङमार्फत लगिनेछ”, उनले भने, “करिब २ किलोमिटर दूरीमा जिआई पाइपलाइन विछ्याइनेछ ।”

३० हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङकी निर्माण सम्पन्न भइसकेको थापाले बताए । एक लाख लिटरको ट्याङकीका लागि बेस निर्माण भइरहेको छ । उनका अनुसार हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति पुगेको छ ।

पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल मानुङकोट आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । पानीको चरम अभाव रहेकामा शुद्ध पानीको पहुँच पुगेपछि यस क्षेत्रको मुहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । निर्माणधीन योजनाको कार्य समयमै सम्पन्न गराउन समयसमयमा अनुगमनलाई तीव्रता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।

संघीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा २ करोड बजेट रुपैयाँ विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो । समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्‍याउन लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार दोस्रो चरणका लागि पुनः सङ्घीय सरकारमा बजेट माग गरी पठाइसकिएको छ ।

पानीको चर्को समस्याका कारण सुविधा खोज्दै बसाइँसराइमा गएका स्थानीयलाई यही फर्काउने योजना नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताए । २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ ।

पानीको मूल दर्ता रहे पनि केही स्थानीय व्यक्तिको विवादका कारण निर्माण प्रभावित भएको निर्माण कम्पनीका प्रोपाइटर विज्ञान श्रेष्ठले बताए । उनका अनुसार निर्माणस्थलमा दैनिक १२ जना कामदारले काम गरिरहेका छन् ।


Read Previous

मुग्लिन-पोखरा सडक विस्तार: पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने   

Read Next

राहुघाट मंगले जलविद्युत आयोजनाको सुरुङ पूरा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *