Nepal Purbadhar

मर्मतका लागि मनकामना केबलकार एक दिन बन्द गरिने   


मुग्लिन । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी २०५५ मा याे केबलकार सेवा स्थापना भएको थियो । मनकामना  नेपालको पहिलो केबलकार हो ।


Read Previous

पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

Read Next

साेमबारदेखि रेसुङ्गा विमानस्थलबाट सातामा ३ उडान