Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै   


पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा ४ वटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो ।

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । चार पुलमध्ये मोदी–६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार डिमुवा–राम्जा सडक खण्डमा पर्ने उक्त पुलको करिब ४० प्रतिशत निर्माण सकिएको छ । प्रमुख अधिकारीले २ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको बताए । यो पुल निर्माणपछि मोदी–७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित हुने छन् ।

त्यस्तै, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण पनि तीव्र गतिमा भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । करिब २५ मिटर लामो उक्त पुलको २० प्रतिशत भन्दाबढी काम सम्पन्न भइसकेको प्रमुख अधिकारीले जानकारी दिए । ४ करोड ४३ लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण भइरहेको छ ।

वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंँयू गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोसक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमहिना सहज रुपमा सडक सञ्चालन हुने विश्वास बढेको थानीय खगेन्द्र तिवारीले बताए ।

कुश्मा–१० पीपलटारी र फलेवास–३ शङ्करपोखरी जोड्नेगरी मल्याङदीखोलामाथि मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ । करिब १६ मिटर लामो यो पुल झण्डै रु चार करोडको लागतमा बन्नेछ ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने उक्त पुल दुई वर्षभित्र सम्पन्न हुने अधिकारीले बताउनुभयो । यो पुलका लागि चालू आवमा ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी दक्षिण पर्वतको पैँयू गाउँपालिका–७ स्थित भोर्ले खोला पनि मोटरेबल पुलको निर्माण प्रक्रिया अघि बढेको छ । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि चालू आवमा ३० लाख रुपैयाँ  विनियोजन भएको छ । यसै वर्ष बोलपत्र आह्वान प्रक्रिया पूरा गरी सम्झौता गरिने भन्दै आगामी वर्षको बजेटबाट पुल निर्माण सुरु हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार चारवटै मोटरेबल पुलको निर्माण अवधि दुई वर्षको रहेको छ ।

आगामी दुई वर्षभित्र चारवटै पुल निर्माण सम्पन्न हुने छन् । निर्माणाधीन लिदिखोला र छत्तिसेघाट मोटरेबल पुल चालू आवमै सम्पन्न हुने उनकाे  भनाइ छ । बजेटको सुनिश्चितता भएपछि बाँकी दुई पुल निर्माण थालिे प्रमुख अधिकारीले बताए । मोटरेबल पुल निर्माणपछि बर्खायाममा ठप्प जस्तै हुने ती सडक सञ्चालन हुने भन्दै स्थानीय खुसी भएका छन् ।


Read Previous

निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइन ‘रुट परमिट’ जारी 

Read Next

मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु   

Leave a Reply

Your email address will not be published. Required fields are marked *