Nepal Purbadhar

टेलिकमले ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने


काठमाडौं । नेपाल टेलिकमले ६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

“टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको छ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ ,”उनले भने ।

नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेकाे प्राधिकरणले जनाएको छ ।


Read Previous

नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने

Read Next

बजेट अभावले रोकियाे ३ जिल्लाका ४ सडक आयोजनाकाे कालाेपत्र