Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र


काठमाडौं । दक्षिणी बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र भइरहेको छ । ट्र्याक खुलेको १५ वर्षपछि बल्ल यो सडकमा कालोपत्र गर्ने काम भइरहेको हो ।

२०६५ सालमा नै ट्र्याक खुलेकाेमा  अहिले यो सडकलाई २ खण्डमा विभाजन गरी कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए ।

पहिलो खण्डअन्तर्गत जिल्लाको कुश्मिसेरा बजारदेखि राङ्खानीसम्म र कुश्मिसेरादेखि बरेङसम्म दोस्रो खण्डमा काम भइरहेको छ । सडकको पहिलो खण्डमा पर्ने १० किलोमिटरको काम शर्मा क्याराभान जेभीले गरिरहेको छ । यो कम्पनीसँग सडक निर्माण गर्न २०७६ असोज २८ गते ठेक्का सम्झौता गरिएको थियो ।

४ वर्षअघि नै ठेक्का सम्झौता भएपनि यो कम्पनीले ३ पटक म्याद थप गरिसकेको छ । तर, काम सम्पन्न भएको छैन । ठेकेदारकाे कमजाेर कार्यसम्पादनले  पहिलो खण्डमा बल्ल ६२ प्रतिशत काम भएको छ ।

दुई वर्षअगाडि नै सक्नुपर्ने सडकको काम अझै ३८ प्रतिशत बाँकी रहेको श्रीसले जानकारी दिए । उनका अनुसार यो सडक खण्डमा कालोपत्र गर्न ठेकेदार कम्पनीले ‘बेस’को काम गरिरहेको छ ।

यो सडक खण्ड निर्माण गर्न तेस्रो पटक थपिएको म्याद २०८१ साल असार मसान्तसम्म रहेकोमा यो अवधिमा काम सम्पन्न गर्न कामदारको संख्या बढाएमा मात्रै सम्भव हुने उनले बताए । यो सडक खण्डको कालोपत्र गर्ने कार्य सम्पन्न गर्न २४ करोड ५८ लाख लागत अनुमान गरिएको छ ।

यस्तै, कुश्मिसेरादेखि बरेङसम्मको खण्डमा रौताहा खानी धुलिखेल जेभीले काम गरिरहेको छ । यो कम्पनीसँग २०७८ असार ३० गते सम्झौता ठेक्का सम्झौता भएको थियो ।

दोस्रो खण्डमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । यो खण्डको हालसम्म करिब ७ किलोमिटर ढलान र कालोपत्र भएको इन्जिनियर श्रीले जानकारी दिए । यो सडक खण्डको निर्माण पनि गत असारमा नै सम्पन्न भइसक्नु पर्ने भए पनि ४ किलोमिटर अझै बाँकी छ ।

अहिले ठेकेदारले कामदारको संख्या बढाएर कालोपत्र गर्ने कार्य गरिरहेको उनले बताए । यो सडक खण्ड निर्माण सम्पन्न गर्न ३४ करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।


Read Previous

कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध

Read Next

नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउन विश्व बैंकले आयोगसँग लियो सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *