Nepal Purbadhar

जिवछ मण्डल विद्युत विकास विभागको नयाँ महानिर्देशक,चटौत मन्त्रालय फिर्ता


काठमाडौं । सरकारले जिवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक नियुक्त गरेको छ । ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका मण्डल यसअघि विभागकै उपमहानिर्देशकको जिम्मेवारीमा थिए । उनले विभागको महानिर्देशक नियुक्त भएको पत्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट बुझिसकेका छन् ।

उनी २०५३ सालमा इन्जिनियरकाे रूपमा सरकारी सेवा प्रवेश गरेका थिए । विभागबाटै सेवा सुरु गरेका उनकाे २०७१ साल माघमा सहसचिव पदमा बढुवा भएकाे थियाे ।

उनलाई महानिर्देशक नियुक्त गरेसँगै चिरञ्जिवी चटौत मन्त्रालयमा तानिएका छन् । विभागको महानिर्देशकको जिम्मेवारीमा रही १७ महिना काम गरेका चटौतलाई फेरि मन्त्रालयमै फिर्ता बोलाइएको हो ।

उनी पम्फा भुसाल ऊर्जा मन्त्री भएका बेला २०७९ साल भदाैमा महानिर्देशककाे जिम्मेवारी सम्हाल्न विभाग गएका थिए ।


Read Previous

अमरपुर-ढुङ्गेसाँघु प्रसारण लाइनकाे निर्माण सुरु,आव २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य

Read Next

जलविद्युत विकासमा सरकार र निजी क्षेत्रकाे सहकार्य