Nepal Purbadhar

काम नगर्ने २० कम्पनी कालोसूचीमा, ठेक्का प्रक्रियामा सहभागी हुन ३ वर्ष रोक


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार आयोजना निर्माणको ठेक्का लिई काम अलपत्र पार्ने २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ठेक्का लिने तर, समयमा पूर्वाधार निर्माणको काम सम्पन्न नगरी अलपत्र पार्ने यी कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गरी कालोसूचमा परेका कम्पनीको नाम सार्वजनिक गरेको छ । कालोसूचीमा राखिएका कम्पनीमा लोहनी एण्ड प्रदर्श प्रालि परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयल सडक डिभिजन कार्यालय चितवनको सिफारिसमा यो कम्पनीलाई कालोसूचीमा राखेको हो । विभिन्न आयोजनाको ठेक्का लिई काम नगरेपछि यो कम्पनी कालोसूचीमा परेको हो ।

कालोसूचीमा राखी नाम सार्वजनिक गरिएका अन्य कम्पनीमा आयुष एण्ड अनुष कन्स्ट्रक्सन, पाँचखाल कन्स्ट्रक्सन, बेहेडाडा निर्माण सेवा, न्यू भेरी इन्जिनियरिङ वर्कसप, अनुपमा निर्माण सेवा, अन्नपूर्ण निर्माण सेवा, लक्ष्मी कन्स्ट्रक्सन, शारदा कन्स्ट्रक्सन र त्रिवेणी सेवा छन् ।

कालोसूचमा सूचीकृत भएका यी कम्पनीले बढीमा अबको ३ वर्षसम्म कुनै पूर्वाधार आयोजनाको ठेक्का प्रक्रियामा प्रतिश्पर्धा गर्न पाउने छैनन् ।


Read Previous

ठेक्का रद्द भएपछि बिहुँखण्ड सडक कालोपत्र गर्ने कार्य अलपत्र,आक्रोसित स्थानीयले रोके मुख्यमन्त्रीको गाडी   

Read Next

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट,स्थानीय हर्सित