Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

‘मन्त्रीज्यू, ड्राभिङ स्कुल खोलौं, चालक पाउनै मुस्किल भयो’


काठमाडौं । यातायात व्यवसायी तथा यातायात मजदुर संघ संगठनहरूले तत्काल ड्राइभिङ स्कुल खोल्न सरकारसँग माग गरेका छन् । सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मसौदामा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निमन्त्रणामा उनलाई भेट्न पुगेका यातायात व्यवसायी तथा यातायात मजदुर संघ संगठनका प्रतिनिधिले यस्ताे माग राखेका हुन् ।

‘मन्त्रीज्यू, हरेक घरमा सवारी चालक आवश्यक भइसक्यो । तर, नेपालमा दक्ष ड्राइभर पनि विदेश पलायन हुन थाले । दक्ष चालक नै पाउन मुस्किल भयो । दक्ष चालकको अभावमा दुर्घटना बढ्न थाले’ छलफलमा व्यवसायी तथा मजदुर संगठनका पदाधिकारीहरूले भने ‘अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता परिसक्यो ।’

विधेयकको मसौदामा सुझाव दिँदै व्यवसायी एवं मजदुर संगठनहरूले ड्राइभिङ स्कुलको माग गरेका हुन् । सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।

व्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा ब्यवस्था गर्ने गरी काम थालेको बताए । ‘ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौ’ मन्त्री ज्वालाले भने ।

स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकारीहरू छलफलमा सहभागी भएका थिए ।

त्यसैगरी, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारहरूको सहभागिता रहेको थियो ।

छलफलमा व्यवसायी र मजदुर संघ/संगठनका पदाधिकारीहरूले फरक फरक सरकारले बनाउने ऐनका कारण ठुलो समस्या झलेको गुनासो गरेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारले फरक फरक सवारी ऐन बनाउँदा निकै समस्या परेको गुनासो गर्दै एकरुपता हुने गरी पहल गर्न मन्त्री ज्वालासँग आग्रह गरेका छन् ।

जवाफमा मन्त्री ज्वालाले प्रदेश सरकारका यातायात मन्त्री र सचिवहरूसँग छलफल गर्ने गरी ७ गते बैठक राखेको जानकारी दिए । प्रदेश सरकारसँग यसअघि नै तीन पटक बैठक भइसकेकाे छ ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव केशव शर्माले फरक फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधनहरु अहिले चलेका छन्, त्यसको अभिलेखसम्म सरकारसँग नभएकाे बताए । उनले अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश र सरकारका यातायातमन्त्री र सचिवसँग छलफल गर्न लागेको बताए ।


Read Previous

लुक्लाबाट हवाई सेवा लिने पर्यटक २३ प्रतिशत बढे,१ लाख ३३ हजारले गरे भ्रमण

Read Next

भेरी नदीमा ह्युमपाइपबाट सवारी साधन तार्न १५ हजारसम्म शुल्क

Leave a Reply

Your email address will not be published.