Nepal Purbadhar

प्युठान-नयाँ दिल्ली बस सेवा सञ्चालन


प्युठान । प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल–भारतमैत्री बस सेवा सञ्चालनमा आएको छ । नेपाली तथा भारतीय नागरिकलाई आवत–जावत सहजताका लागि यो बस सेवाको सुरुवात गरिएको हो ।

सोमबार विषेश कार्यक्रमको आयोजना गरी बसपार्कदेखि बस सेवा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले २ देशीय बस सेवाको उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्नेमा उनले जोड दिए । आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता पनि मन्त्री थापाले व्यक्त गरे।

निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दिल्लीसम्मका लागि यो बस सेवा सञ्चालन गरेको हो । कार्यक्रममा बोल्दै अध्यक्ष सुनिल बस्नेतले दैनिकरूपमा प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन हुने जानकारी दिए ।


Read Previous

सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी

Read Next

माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबी बैंक र एचआइडिसिएलको ऋण लगानी