Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

धेरै पटक मन्त्रीसम्म पुगेर अनुगमन गरेकाे सिक्रेदोभान पुल निर्माणले अझै गति पाएन 


धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र मकवानपुरको महाभारत गाउँपालिकाका नागरिक नजिककैको बजार र प्रदेश राजधानी हेटौँडा जोड्ने मोटर बाटोको पर्खाइमा रहेको वर्षौं बिते पनि बागमती खोलामा निर्माणाधीन उक्त पुलले अझै गति लिनसकेको छैन । निर्माण सुरु भएको पुलको काम अगाडि नबढेको भन्दै यहाँका बासिन्दाले निर्माण व्यवसायी र प्रदेश सरकारलाई पटक–पटक छिटो निर्माण सम्पन्न गर्न आग्रह गर्दै आएका छन् ।

जति आग्रह गर्दा पनि कामले गति लिन सकेको छैन । महावीर/शिखर/तामाकोशी जेभी कम्पनीले निर्माणको ठेक्का लिएको सो पुल निर्माणकाे काममा अहिलेसम्म ढिलासुस्ती भइरहेको छ । पुल निर्माणका लागि ३ करोड रुपैयाँ भुक्तानी भइसके पनि काम कछुवा गतिमा चलिरहेकाे छ ।

११ करोड रुपैयाँ लागतमा ठेक्का पाएको उक्त कम्पनीले विभिन्न बहानामा काम ढिलाइ गरिरहेको स्थानीय नागरिकको गुनासो छ । पुल नबनेकै कारण आवतजावतमा समस्या खेप्नु परिरहेको खानीखोला गाउँपालिका-६ का राजन अधिकारीले बताए ।

स्थानीय बासिन्दा र गाउँपालिकाले निर्माण व्यवसायीलाई छिटो काम गर्न धेरै पटक आग्रह गर्दा पनि थोरै काम गर्ने अनि धेरै समय चुप लागेर बस्दा सुविधा उपभोग गर्न नपाइएको उनकाे भनाइ थियो । “जिल्ला सदरमुकाम धुलिखेल, बनेपा र पनौतीसम्म जान गाडीमै पनि एक दिनको बाटो हिँड्नुपर्छ, उता मकवानपुरको भोर्लेनी र हेटौँडा जानुपरे पनि पुल निर्माण भए दुई घण्टा तीस मिनेटमा पुग्न सक्छौँं,” अधिकारीले भने, “अहिले पुल नहुँदा यहाँका बासिन्दालाई दुवैतर्फ जान उत्तिकै समस्या छ ।”

डाँडापारिका बासिन्दाको अधिकांशको हेटाैंडामा जग्गाजमिन भएको र बजारको पुहुँच पनि नजिक भएकाले पुल निर्माण भए धेरै सहज हुने उनले बताए । अर्का स्थानीय बासिन्दा विष्णु तिमल्सिनाले अघिल्लो वर्षको जेठसम्ममा निर्माण सम्पन्न गर्ने भनिए पनि कम्पनीले अहिलेसम्म पनि चासो नदिएको गुनासो गरे ।

पटक–पटक मन्त्रीसहितको टोलीले गरेको अनुगमनका क्रममा यसैवर्ष सक्ने भन्दै फर्किने र वर्षौं बिताइरहँदा सेवा पाउन नसकेको उनकाे भनाइ थियो । नेकपा एमालेका नेतासमेत रहनुभएका शेखर लामाले सिक्रेदोभान पुल छिटो सम्पन्न गर्न मन्त्रीस्तरबाटै पहल आवश्यक रहेको बताए ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले निर्माणलाई गति दिन पटक–पटक निर्माण व्यवसायी र मन्त्रालयमा कुरा राखे पनि कामले तीव्रता लिन नसकेको उल्लेख गरे ।  मन्त्रीसहितको टोलीले अनुगमन गरेर निर्माण व्यवसायीलाई कडाइ गर्ने बेलामा केही गरेकोजस्तो गर्ने र बिस्तारै सेलाउने खालको व्यवहार निर्माण कम्पनीबाट भइरहेको उनकाे गुनासो थियो ।

निर्माण व्यवसायी गोपाल खड्काले बाँकी काम अब छिट्टै थालनी गर्ने बताए । निर्माण गरिरहेको ठाउँ अफ्ठ्यारोमा भएका कारण पनि ढिलाइ भइरहेको उनकाे भनाइ थियो । निर्माणस्थलसम्म पुग्न यसअघि बाटो खनेको करिब दुई करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अर्का निर्माण व्यवसायी तामाकोशी निर्माण कम्पनीका विजय थापाले बताए ।

 “पुल निर्माण परियोजना दुई वर्षको थियो, त्यो समय त यहाँसम्म बाटो ल्याउनकै लागि खन्दैमा समय गयो । जङ्गल र चट्टान फोडेर बाटो बनाउन लागेको रकम अहिलेसम्म भुक्तानी पाइएको छैन ,” उनले भने ।

तत्कालीन जिविस हुँदा लिखितरुपमा बैठकले निर्णय गरे पनि त्यसपछि जिविस भङ्ग भएर प्रदेश सरकार आए पनि त्यो बेला गरिएका निर्णय कार्यान्वयन गर्नुपर्ने उनहरूकाे माग थियो ।

बागतमी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले पटक–पटक म्याद थप गरेर काम गर्छु र छिट्टै काम हुन्छ भन्ने मात्रै कुरा नगरी तत्काल परिणाम दिने गरी अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिए । गत वर्षदेखि ताकेता गर्न थालेपछि बल्ल अलिअलि गरेर काम भएको र यो वर्षमा सकाउने गरी कार्यालयमा सम्झौता गरिएको उनले बताए ।

“प्रदेश सरकारले पनि यसअघिका पुराना ठेक्का यो आर्थिक वर्षमा सम्पन्न गर्ने या तोड्ने भन्नेबारेमा बजेटमा नै घोषणा भएको छ”, मन्त्री दुलालले भने, “त्यहीअनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न गर्नुपर्ने दबाब छ ।”

पुलसँगै प्रदेश सरकारले पिन्थली–रजवास–देवीटार–गोकुले–तालढुङ्गा सिक्रेदोभावन–भोर्लेनी हुँदै मकवानपुरको झुरझुरेको मदनभण्डारी लोकमार्ग जोडने जनमुक्ति मार्ग सडकको काम पनि अगाडि बढिरहेको उनले बताए ।

झुरझुरेदेखि सिक्रेदोभावनसम्म एक खण्ड, सिक्रेदोभानदेखि तालढुङ्गासम्म अर्कोखण्ड गरी करिब १३–१४ किलोमिटरको काम ठेक्का आह्वान गरी पक्की गर्ने काम यसैवर्ष अगाडि बढ्ने र सो सडकखण्डको काम गर्नुअघि पुल निर्माणको काम सकिनुपर्ने छ । अर्को वर्षसम्ममा तालढुङ्गा–भोर्लेनी–झुरझुरे खण्डको सडक स्तरोन्नति भएर यस भेगको यातायात सहज हुने उनकाे भनाइ थियो ।


Read Previous

रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन

Read Next

१७औं वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *