Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई


म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए । उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाए । ‘फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महसुस भयो,’ उनले भने ‘अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो यो झरना । एक पटकै आउनैपर्ने ठाउँ रहेछ् ।’ फुतफुते झरनाको वेसान आवाजमा रमाउदा जलको मोतिमा डुबेको अनुभव गरेको पर्यटनविद् लामिछानेले बताए ।

उनीहरूका लागि मात्र नभएर नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पूर्व मुख्य सचिव सुवेदीले बताए । ‘सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,’ उनले भने ‘झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ् ।’ अग्लो पहाडबाट सेतो रङ्गमा खस्ने झरनाको फेदीमा बनेको निलो रङ्गको सफा तलाउ मनमोहक छ ।

करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको अन्नपूर्ण गाउँपालिका–६ घारका राजाराम बरुवालले सुनाए । नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्नेगर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर पदमार्ग तयार भएको छ ।

प्रथम आरोहीको सम्मानमा यो पदमार्गको नाम ‘मौरिज हर्जोग’ राखिएको छ । फुतफुते झरना यो पदमार्गको आकर्षण बनेको वडा सदस्य भीम शेरपुञ्जाले बताए । नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । हुमखोला भन्दामाथि बस्ती नभएकाले खाने बस्ने सुविधा छैन् । पर्यटक आफैले तयारी खाना खाजा लिएर जानुपर्छ ।सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो झरना ‘भाइरल’ बनेको छ । दुई वर्षअघि सुनसान हुने झरना हेर्न मात्रै दैनिक २०/३० आन्तरिक पर्यटक आउने गरेका मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

फुतफुते झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवद्र्धनका लागि तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । ‘फुतफुते झरना वारपारका लागि अहिले रहेको काठको झोलुङ्गे पुललाई मर्मत गर्ने तयारी गरिएको छ,’ उनले भने ‘फुतफुतेसहित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरक्षेत्रमा पूर्वाधार निर्माणका लागि पर्यटन गुरुयोजना बनाउन अध्ययन सुरु भएको छ ।’


Read Previous

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

Read Next

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *