Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

भदौरे र मजुवामा झोलुङ्गे पुलले थपेको खुसी   


धुलिखेल  । गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गे पुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन् ।

वर्षौँदेखि खोलामा पुल नहुँदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण सुरुपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ । सङ्घीय सरकारको ‘झोलुङ्गे पुल कार्यक्रम’अन्तर्गत रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानमा पुल निर्माण अघि बढाइएको हो ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष च्यमा लामा थोकरका अनुसार स्वास्थ्यचौकीमा उपचारका लागि जानसमेत सास्ती खेप्नुपरेका यहाँका नागरिकलाई पुल निर्माणले धेरै आशा जागेको छ । सरस्वती प्राथमिक विद्यालय भदौरेका शिक्षिका निर्मला लामाले बालबालिकालाई सहज हुने बताइन् । “बर्खामा खोला तर्न नसकेर खेतीपाती र गाउँघरमा आपसी सहयोग गर्नसमेत समस्या व्यहोर्दै आएका थियौँ, अब त्यो हट्नेछ,” उनले भनिन् ।

स्थानीय वीरबहादुर लामाका अनुसार सडक सुविधा नहुँदा जिल्लाको विकट डाँडापारि महाभारत गाउँपालिकाको गोकुले र घर्तिछापका नागरिकले सदरमुकाम धुलिखेल आवतजावत गर्ने मुख्य नाका रहेको सो ठाउँ पछिल्लो समय ओझेलमा परेको बताए । सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुष्णबहादुर लामाले बर्खाको बेलामा १०–१५ दिनसम्म खोला नघटेर बालबालिका विद्यालय जान नसक्ने अवस्था व्यहोर्दै आएकामा अब यसबाट छुटकारा पाइने विश्वास व्यक्त गरे ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले त्यहाँका नागरिकको सहजताका लागि सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको साझेदारी र स्थानीय उपभोक्ताको श्रमदानमा आयोजना सञ्चालन भएको बताए । सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत स्थानीय तह रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानसहित रु ६९ लाखको लागतमा पुल निर्माण भइरहेको हो ।


Read Previous

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा   

Read Next

सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ कोप-२८ सम्मेलन आजदेखि   

Leave a Reply

Your email address will not be published.