Nepal Purbadhar

कात्तिक ४ गतेसम्म लैनचौर सबस्टेसनका फिडरको विद्युत सेवा प्रभावित हुने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ६६/११ केभी लैनचौर सबस्टेसनबाट प्रवाह हुने विद्युत सेवा कात्तिक ४ गतेसम्म प्रभावित हुने भएको छ । स्तरोन्नति गर्नु परेका कारण सबस्टेसनबाट सञ्चालित फिडरको विद्युत सेवा प्रभावित हुने भएको हो ।

अहिले सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किङ्सवे, लाजिम्पाट र पानी पोखरी फिडरको विद्युत सेवा अवरुद्ध हुन पुगेको प्राधिकरण काठमाडौं ग्रिड महाशाखाले जनाएको छ ।

ग्रिड महाशाखाका अनुसार सबस्टेसनको स्तरोन्नति अवधिभर त्यस क्षेत्रमा भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्यूरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक आपूर्तिको व्यवस्था गरिएको छ ।

सबस्टेसनको स्तरोन्नतिपछि सम्बन्धित फिडरबाटै विद्युत आपूर्ति सुचारु गरिने पनि ग्रिड महाशाखाले जनाएको छ । सबस्टेसन ओभरलोड हुन गएका कारण स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।


Read Previous

गुनासो नआउने गरी काम गर्न मन्त्रालय मातहत निकायका कर्मचारीलाई मन्त्री बस्नेतकाे निर्देशन

Read Next

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न लेखा समितिकाे निर्देशन

Nepal Purbadhar