Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै


तनहुँ । शुक्लागण्डकी नगरपालिकाले सहीद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे–थप्रेक सडक खण्डमा स्तरोन्नति गरिँदै छ । पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दूरीमा स्तरोन्नति गर्न लागिएको हो । सङ्घीय सरकारको दुई करोड रुपैयाँको लागतमा सडक विस्तार गर्न लागिएको शुक्लागण्डकी नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले जानकारी दिए ।

शुक्लागण्डकी–१ कोत्रेदेखि व्यास नगरपालिका–६ स्थित सिन्धुमार्गमा जोडिएकाले राजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको उनले बताए । कुनै कारणवश दमौली–कोत्रे खण्डको राजमार्ग अवरुद्व भएको अवस्थामा उक्त मार्ग प्रयोग गरी पोखरा, लमजुङ, गोरखा, चितवन, काठमाडौँ लगायतका मुख्य सहरमा आवतजावतमा सहज हुने बताइएको छ । यसअघि करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ भने बाँकी चौध किमी सडकमा ग्राभेल गरिएको छ । त्यसैगरी बहुवर्षीय योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारले सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरिसकेको सो नगरपालिकाले जनाएको छ ।

सदरमुकाम दमौलीबाट राजमार्ग हुँदै कोत्रे जानुभन्दा उक्त मोटरमार्गको दूरी छोटो पर्ने भएकाले पनि प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताए । त्यसैगरी दुलेगौडाबाट शुक्लागण्डकी–१२ को लिलाचोकसम्म व्यवस्थित नाला सहितको सडक स्तरोन्नति गर्न लागिएको नगरपालिकाले जनाएको छ । डिपिआरको अन्तिम चरणमा रहेकाले कार्य सम्पन्नपश्चात् ठेक्का प्रक्रिया अघि बढाइने नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । छिमेकी जिल्ला स्याङ्जाको पुतलीबजार जोड्ने उक्त मोटरमार्ग राजमार्गको सडकबाट भन्दा छोटो दूरीमा पर्ने भएकाले प्राथमिकता दिएर काम गर्दै आएको नगरपालिकाले जनाएको छ ।


Read Previous

ढोरपाटनमा निजी लगानी आउने आशा

Read Next

चीनले अर्को साता तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्ने, १३० भन्दा बढी देश सहभागी हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *