काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतका सराेकारवाला सम्मिलित शुक्रबार बसेकाे बैठकले २२ असाेज (साेमबार) देखि चाडपर्व लक्षित टिकट बुकिङ खुला गर्ने निर्णय गरेकाे छ ।
भौतिक पूूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीबीच टिकट बुकिङ खाेल्ने सहमति भएकाे हाे ।
हरेक वर्ष दशै, तिहार र छठ जस्ता पर्वमा राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन् । त्यसकाे लागि अग्रिम टिकट खाेल्ने गरिएकाे छ ।
वर्षातका कारण बिग्रेका सडकहरु तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिव १५ दिन अगाडी नै निर्देशन दिइसकेका छन् । सडकहरु सुधारको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे सचिवालयले जानकारी दिएकाे छ ।
Tags: #टिकट #बुकिङ #खुला