काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेकी एमसीसी कार्यकारी निर्देशक एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन्। ‘नेपाल सरकार र सार्वभौम संसदले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन’ मन्त्री ज्वालाले भने ।
परियोजनामा केही समस्या छन् तर ठिक समयमा शुरु गरेर ठिक समयमा निर्माण सकेपछि अहिले अब्जिएका कतिपय समस्याहरु आफै हल भएर जाने पूर्वाधार मन्त्रीकाे भनाइ छ । एमसीसी कार्यकारी निर्देशक एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफु र आफ्नो देश पनि खुसी हुने बताइन्। ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु’ उनले भनिन्।