Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै


दाङ  । पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो । दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ । तीमध्ये १२ किमीमा कालोपत्र र बाँकी रहेको सात किमीमा मर्मत गरिने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।
सो सडक स्तरोन्नतिका लागि २८ करोड रुपैयाँ बजेट आएको छ । सोहीअनुसार कामको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । “माथिल्लो सडक बिग्रिँदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतिको माग पनि गर्नुभएको छ”, उनले भने, “त्यसैले यो सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।” उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ ।
साथै सोही सडकमा पर्ने तीन खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाउँदै त्यसका लागि सर्भेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । उनका अनुसार समयमै काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

Read Previous

 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

Read Next

भारतमा स्टिलको भाउ उच्चै रहने

Leave a Reply

Your email address will not be published. Required fields are marked *