Nepal Purbadhar

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण


काठमाडाैं । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन ।

सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए । उपत्यकामा ग्वार्काेसँगै दुई चोक गरी जम्मा तीन चोकमा अध्ययन भएको थियो । ‘पहिलो चरणमा ग्वार्काे चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ’ उनले भने ।

यी दुई चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको छ । सहमति भएमा ठेक्का यही वर्ष पनि ठेक्का हुनसक्नेछ । यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ । ग्वार्काे चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए । यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्नेछ ।

संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्नेछ । विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको छ । ‘एउटै वा दुवै निर्माण गर्ने भन्ने बजेट जसरी विनियोजन हुन्छ त्यसरी नै गरिनेछ’ उनले भने ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्काे फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ । अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययन सकिएर बजेटको विषयमा कुरा हुनेछ । बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उनको भनाइ छ । चीन सरकारको सहयोगमा खसीबजारबाट कलङ्कीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गरिने योजना रहेको छ । रासस

Facebook Comments

Read Previous

निर्माण व्यवसायीको आन्दोलन चौथों दिनमा प्रवेश, जायज माग पूरा गर्न सरकारलाई एफएनसीसीआईको माग

Read Next

काठमाडाैं विश्वविद्यालयकाे ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar