Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बाढीले क्षतिग्रस्त विद्युत आयोजना पुनःनिर्माण गर्न पुनर्कर्जा दिइने,ब्याज पूँजीकरण र कर्जा पुनसंरचनाका लागि राष्ट्र बैंक सहमत


काठमाडौं ।नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), नेपाल बैंकर एशोसिएशन र नेपाल राष्ट्र बैंकबीच मंगलबार बालुवाटारमा भएको त्रीपक्षिय छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने निर्णयमा पुगेको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयोजनालाई रिफाइनान्सको सुविधा दिन, ब्याज पूँजीकरण र कर्जा पुनरसंरचना गरिदिन राष्ट्र बैंकलाई अनुरोध गरेका थिए । त्यस्तै बाढीले क्षति पुर्‍याएका आयोजना मध्ये केही आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत आयोजनाको ब्याज पूँजीकरण गरेपनि बैंकलाई लाभांश बाड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि कार्कीले आग्रह गरे ।

पछिल्लो समय राष्ट्र बैंकले जारी गरेको निर्देशनले जलविद्युत आयोजनमा लगानी गरेर विद्युत उत्पादन सुरु नहुन्जेलसम्मको ब्याज आम्दानीलाई नाफामा देखाउन पाए पनि लाभांस बाँड्न नपाउने व्यवस्था गरेको छ । यसका साथै त्यस्तो कर्जा पुनरसंरचना गर्दा कर्जा रकमको साढे १२ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाकाका कारण पनि बैंकहरुको नाफा घट्ने गरेको छ ।

यही व्यवस्थाका कारण बैंकहरु जलविद्युत आयोजनामा लगानी गर्नसमेत हच्किरहेकाले पुरानै व्यवस्था अनुसार ब्याज पूँजीकरण गरेपनि उक्त आम्दानीबाट लाभांश बाँड्न पाउने र थप रकम प्रोभिजनिङ गर्नु नपर्ने व्यवस्था गरिदिनुपर्ने इप्पानको माग थियो ।इप्पानले उठाएका माग सम्बोधन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बाढीले क्षति पुर्‍याएका आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिन राष्ट्र बैंक तयार रहेको बताए।

ब्याज पूँजीकरण र कर्जाको पुनरतालिकीकरण गर्न पनि सहजिकरण गर्ने उनले बताए । बाढीले क्षति पुर्‍याएका आयोजनाको पुनःनिर्माणका लागि राष्ट्र बैंक र बैंकको मात्रै भर नपरी केही रकम प्रवर्द्धकले पनि राख्नै पर्नेमा मिश्रले जोड दिए ।’राइट शेयर दिएर हुन्छ की अन्य विकल्पबाट हुन्छ केही पैसा त प्रवर्द्धकले पनि हाल्नैपर्छ ।बाँकी रकम राष्ट्र बैंक र बैंकले हाल्छन् ।’ मिश्रले भने । उनले बीमाबापत आएको पैसा बैंकलाई ब्याज तिर्दै ठिक्क भयो भन्ने प्रवर्द्धकको गुनासो आएको भन्दै यसमा सहजिकरण गरिदिन बैंकरहरुलाई पनि निर्देशन दिए ।

‘विद्युत प्राधिकरणले विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) थप गरेअनुसार ब्याज पूँजीकरण गर्न र कर्जा तालिका पुनरसंरचना गर्न बैंकर साथीहरुले सहजिकरण गरिदिनुहोला’ । मिश्रले भने । जेठ ३२ र असार १ गते पूर्वी नेपालमा आएको बाढीले १३ वटा सञ्चालनमा रहेका र १७ वटा निर्माणाधीन आयोजना क्षतिग्रस्त हुँदा करिब ९ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो ।

छलफलमा इप्पानका सल्लाहकार पुष्पज्योति ढुङ्गानाले सञ्चालनमा आइसकेका आयोजनाको जोखिम भार घटाएर नयाँ आयोजनालाई लगानी जुटाउन सहज बनाइदिन आग्रह गरेका थिए । सञ्चालनमा आएर नियमित कर्जा तिरेर ५० प्रतिशत कर्जा चुक्ता गरिसकेको आयोजनाको जोखिम भार घटाउँदा अन्य आयोजनालाई कर्जा पाउन सहज हुने उनको भनाइ थियो ।

प्रवर्द्धक ढुङ्गानाको भनाइप्रति बैंकर ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले पनि सहमति जनाए ।उनले सञ्चालनमा आइसकेका आयोजनाको जोखिम भार ९० प्रतिशतसम्म गरेर जान सकिने सुझाव दिए ।

छलफलमा सहभागी डेपुटी गभर्नर निलम ढुङ्गानाले बाढीले क्षति पुर्‍याएकै ठाउँमा आयोजना पुनःनिर्माण गर्दा जानाजान खोलामा पैसा हालिने हो की भन्दै सचेत भएर लगानी गर्न प्रवर्द्धकलाई आग्रह गरिन् ।

बाढीले क्षतिग्रस्त आयोजनाले पाउने सहुलियतका लागि इप्पानले सिफारिस गर्नुपर्ने त्यसैकर आधारमा राष्ट्र बैंकले सहुलियतहरु दिने डेपुटी गभर्नर मिश्रले बताए । उनले सुरुवातमा १ वर्षका लागि पुनरकर्जा दिने र आवश्यकता अनुसार त्यसलाई नविकरण गर्न सकिने पनि बताएका थिए । छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरहरु बमबहादुर मिश्र र निलम ढुङ्गाना, प्रवक्ता गुणाकर भट्टलगायतका अधिकारीहरू सहभागी थिए ।

इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा र सदस्य कुवेरमणी नेपाल सहभागी थिए । त्यस्तै बैंकर एशोसिएशनका तर्फबाट अध्यक्ष सुनिल केसी, पूर्व अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना लगायत सहभागी थिए ।


Read Previous

अलग्गै विद्युत ऐन ल्याउँदै कर्णाली प्रदेश, विधेयक सभामा टेबुल

Read Next

असोजभित्र सिंहदवारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *