Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

पारागन फुटवेयर इण्डष्ट्रिजको रजत वर्ष पूरा, अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने प्रतिवद्धता


काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिजले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्ष पुरा गरेको छ ।
नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तुहरु नेपाली उपभोक्ता माझ पहिचानका साथ सेवा पु-याउँदै आएको कम्पनी २०५५ असार १७ गते स्थापना भएको हो । स्थापनाकालदेखि नेपालमा छालाका स्तरीय जुत्ता उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीले शुरुवातमा अधिकांश काम हातबाटै शुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङ्गले बताए ।

शुरुवातमा बढीमा १५ देखि २० जोर जुत्ता उत्पादनबाट शुरु भएको उद्योगका उत्पादन अहिले देशव्यापी भएका छन् । उद्योगदेखि सोरुमसम्म करिब एक सय जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साढे तीन सय बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको पारागन फुटवेयरले आगामी दिनमा आयातीत जुत्तालाई प्रतिस्थापन गर्दै निर्यातमा जाने र ग्राहकले पनि विदेशी जुत्ता खोज्नै नपर्ने अवस्था ल्याउने गरी काम गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक तोलाङ्गकाे भनाइ छ ।

चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको उद्योगमा पार्टी, क्याजुअल, बच्चा, कलेज तथा स्कुल स्पोर्टसलगायतका जुत्ता उत्पादन हुने गरेको छ । दिगो बजार तथा स्थानीय कच्चा पदार्थमा आधारीत व्यवसायको निरन्तरताबाट नै कुनै पनि कम्पनीको संस्थागत विकास र व्यवसायिकता निरन्तरता स्थापित हुने भन्दै कम्पनीका प्रबन्ध निर्देशक तोलाङले आगामी दिनमा पीजी सुज ब्राण्डका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पनि पु-याउने बताए ।

पारागन फुटवेयरले परम्परागत प्रविधि र नयाँ प्रविधिको समिश्रणबाट उत्पादित नेपाली जुत्ताहरु वास्तवमा भौगोलिक विकटता र नेपालीको क्रयशक्तिलाई समेत ध्यान दिएर पीजी सुज ब्राण्डका जुत्ता उत्पादन गरिएको उनकाे भनाइ छ । सामान्य नागरिकदेखि कर्मचारी, विद्यार्थी, सेना, प्रहरीलगायतको आवश्यकतालाई ध्यान दिएरै पारागन फुटवेयर उद्योग स्थापना भएको हो । कम्पनीका प्रबन्ध निर्देशक तोलाङ्गले पारागन ब्राण्डका जुत्ताहरु अन्तर्राष्ट्रिय ब्रान्डसँग कुनै पनि हालतमा कमजोर छैनन् भन्ने कुरा आम उपभोक्ताहरुले बुझिसकेका कारण कम्पनीको रजत वर्ष पुरा गर्ने यात्रा सम्भव भएको बताए ।

नेपाली हातहरुले बनाइएका जुत्ताहरु आजका नेपाली उपभोक्ताहरुले मात्र होइन विदेशी उपभोक्ताहरुले समेत मन पराउन थालेको भन्दै उनले बलियो, राम्रो र सस्तोमा नेपाली जुत्ताहरु पाइनुले पनि यसप्रति दिनानुदिन आकर्षण बढ्दै गएको बताए । नेपाली जुत्ता उत्पादन गर्ने उद्योगहरुले अझ नयाँ प्रविधि भित्र्याउन सके निश्चय नै नेपाली उद्योगहरुले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सक्षम हुने उनको विश्वास छ ।

नेपाली जुत्ता उत्पादन गर्ने जति पनि उद्योगहरु छन् उनीहरुले नेपाली उपभोक्तालाई मध्यनजर राखेर उत्पादन गर्ने तथा अन्तर्राष्ट्रिय चाहना र रोजाइलाई समेत ध्यान दिएर आकर्षक, सस्तो र राम्रो वस्तु उत्पादन गर्न सके नेपाली उद्योगहरुको भविष्य राम्रो रहेको छ । आधुनिक किसिमका छालाका जुत्ता तथा छालाजन्य वस्तु उत्पादनको गुणस्तरीयतामा पारागनले कुनै कन्जुसाई नगरेका कारण अहिले आम नेपाली उपभोक्ताहरुमा नेपाली ब्राण्ड सस्तो र राम्रो छ भन्ने बलियो धारणा बनिसकेको उनले बताए ।


Read Previous

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

Read Next

माथिल्लो मर्स्याङ्दी-१, तल्लो मनाङ मर्स्याङ्दी र सुपर तमोरको पिपिए दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

Leave a Reply

Your email address will not be published.