Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै हो, निजी क्षेत्रलाई विश्वास नगर्नु दुखद : सिएनआई अध्यक्ष अग्रवाल


काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनई) का अध्यक्ष बिष्णुकुमार अग्रवालले नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले नेपालको समृद्धिको आधार ऊर्जा नै भएको बताएका हुन् ।

‘भारतमा १० हजार मेगावाट र बंगलादेशले ५० मेगावाट विद्युत लिने समझदारी ऐतिहासिक छ ।’अग्रवालले भने, ‘तर नेपालमा निजी क्षेत्रलाई काम गर्न निकै अफ्ठेरो छ ।’

नेपालको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा भएपनि यसबाट बाहिर आउने आधार पनि ऊर्जा नै रहेको उनको भनाइ छ । ‘अहिले नेपालको सबै ध्यान ऊर्जामा केन्द्रित गर्नुपर्छ । चार तिर हात हालेर हुँदैन । नेपाललाई समृद्ध बनाउने र अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्ने क्षेत्र ऊर्जा नै हो ।’ उनले भने ।

१० हजार मेगावाटका आयोजनाको पीपीए हुन बाँकी रहेको र अहिले पीपीए गर्दा ५/७ वर्ष अघि निर्माण सम्पन्न नहुने हुँदा तुरुन्त पीपीए खोल्नुपर्नेमा पनि उनले जोड दिए । कुल जडित क्षमताको ५० प्रतिशत भन्दा बढी ऊर्जा उत्पादनमा संग्लग्न निजी क्षेत्रलाई सरकारले अहिले पनि विश्वास गर्न नसकेकोमा उनले दुख व्यक्त गरे


Read Previous

नख्खु-भैँसेपाटी सडक सम्पन्न   

Read Next

नेपालको वित्तीय संघीयता सुदृढीकरणका लागि सुधारका कार्यलाई निरन्तरता दिन विश्व बैंकको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *