Nepal Purbadhar

पर्यटन मन्त्रालयको बजेट १० अर्बले घट्यो


काठमाण्डौं । आगामी आर्थिक बर्ष २०८०/०८१ को पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको बजेट ११ अर्ब ९८ करोड विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रश्तुत गरेको १७ खर्ब ५१ अर्ब ५१ करोड रुपैयाँ बराबरको बजेट प्रश्तुत गरेका छन् तर मन्त्रालयको बजेट भने चालु बर्षको भन्दा झण्डै १० अर्बले घटेको छ ।

चालु बर्षमा २१ अर्ब ६३ करोड १७ लाख अर्थात १.२१ प्रतिशत बिनियोजन गरिएकोमा यसलाई घटाएर ०.६८ प्रतिशत मात्र विनियोजन गरिएको छ ।
सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाइने तथा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याइने बजेट तथा कार्यक्रममा उल्लेख भएपनि बजेट भने धेरै घटेको हो ।

आर्थिक बर्षकुल बजेटमन्त्रालय बजेटको अंश (प्रतिशत)
२०७६/०७७१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख५ अर्ब ९९ करोड ५५ लाख०.३९१
२०७७/०७८१४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख२६ अर्ब ६२ करोड ६२ लाख१.८१
२०७८/०७९१६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख२७ अर्ब ४६ करोड ९२ लाख१.६७
२०७९/०८०१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख२१ अर्ब ६३ करोड १७ लाख१.२१
२०८०/०८११७ खर्ब ५१ अर्ब ३१ करोड११ अर्ब ९६ करोड०=६८

स्रोतः अर्थ मन्त्रालय

बजेट तथा कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौ, नेपाल चिनौ” भन्ने नारा सहित अभियान सञ्चालन गरिने, हिमाली क्षेत्रको सुन्दरताको अवलोकन तथा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म जोड्ने ग्रेट हिमालयन ट्रेल निर्माण कार्यलाई तीव्रता दिइने उल्लेख छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षण लगायतका पूर्व तयारीका कार्यका लागि बजेट छुट्याएको छु। लगानी मोडालिटी तय गरी यस विमानस्थलको निर्माण कार्य अघि बढाइने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ ।

Facebook Comments

Read Previous

सूचना तथा प्रविधि मन्त्रालयको बजेट ०.४९ प्रतिशत मात्र

Read Next

पछिल्ला ४ वर्षको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयको बजेट सबैभन्दा न्यून

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar