Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

निक ट्रान्सफर्मरको अन्तर्राष्ट्रिय व्यापार, कोरोना महामारीपछि भुटान निर्यात शुरू


काठमाडौं । झन्डै ३ दशकदेखि ट्रान्सफर्मर उत्पादन, ढुवानी र अन्तर्राष्ट्रियस्तरमा व्यापारसमेत गर्दै आएको ‘नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)’ ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको अन्त्य भएपछि ३ वर्षदेखि रोकिएको निर्यात सुचारु गरेको हो ।

कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तीव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बिपिसी ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो । त्यसमा भारतलगायतका विभिन्न देशलाई पछि पार्दै निक बोलपत्रमा छनोट भएको थियो । ठेक्का पाएअनुसार ट्रान्सफर्मर उत्पादन गरी निर्यात सुरु भइसकेको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए ।

ठेक्का सम्झौता अनुसार १४ करोड १४ लाख ३८ हजार रुपैयाँ (१० लाख ७१ हजार अमेरिकी डलर) बराबरको १५ केभिएदेखि १२५० केभिए क्षमतासम्मका १६० ट्रान्सफर्मरहरूको निर्यात सुरु भएको निकका जोशीले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उत्पादित वस्तुहरूको प्रतिस्पर्धा छ’, उनले भने, ‘नेपाली उद्योगले समेत निर्यात क्षेत्रबाट पर्याप्त विदेशी मुद्रा आर्जन तथा देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्न सक्छ ।’

सरकारले निर्यात करमा छुट दिएमा तथा अन्य सहुलियत प्रदान गरेमा भुटान लगायत दक्षिण एसियाली मुलुकमा समेत ट्रान्सफर्मर निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ । स्वदेशी बजार विस्तार गर्नुका साथै विदेश निर्यातमा समेत फराकिलो सम्भव्यता अध्ययन गरिरहेको जोशीले जानकारी दिए ।

निक र बिपिसबीच ट्रान्सफर्मर निर्यात गर्ने विषयमा २०७९ साल मंसिर २ गते (२०२२ नोभेम्बर १८) ठेक्का सम्झौता भएको थियो । सम्झौतामा सन् २०२३ मार्चभित्र निर्यात गर्नुपर्ने सर्त थियो । निकले यसअघि भुटानसहित बंगलादेशमा पनि यहाँ उत्पादित ट्रान्सफर्मर निर्यात गर्दै आएको थियो ।

केही अत्यावश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी आफ्नो हेटौंडास्थित फ्याक्ट्रीमा उत्पादन गरेर स्वदेश तथा विदेशमा व्यापार व्यवसाय गर्दै आएको निकले ट्रान्सफर्मरमा देशलाई आत्मनिर्भर बनाउन सकिने गरी काम गरिरहेको छ । निकले स्वदेशभित्र पनि व्यापकरूपमा आफ्नो व्यवसाय विस्तार

गरिरहेको छ ।
निकले प्राधिकरणका विभिन्न ठेक्कामा ९ हजार वितरण ट्रान्सफर्मर बिक्री गर्न ठेक्का पाएकोमा अहिलेसम्म ७ हजार हस्तान्तरण गरिसकेको जानकारी दिएको छ । वार्षिक १८ हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको निकले स्वदेशभित्र ग्रामीण विद्युतीकरण, जलविद्युत आयोजना निर्माण क्षेत्र, सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म ट्रान्सफर्मर व्यवसायको पहुँच पुर्याएको छ । निकले सन् १९९२ देखि ट्रान्सफर्मर उत्पादन तथा बिक्री, निर्यात गर्दै आएको छ ।


Read Previous

नीलगिरि जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

Read Next

मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने

Leave a Reply

Your email address will not be published.