Nepal Purbadhar

सिंचाइ र बस्ती संरक्षणकाे लागि ६ योजना थप


नुवाकाेट । जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गराउनका लागि छ वटा योजना थप भएको छ । बागमती प्रदेस सरकारबाट नुवाकोटका लागि विभिन्न ५ वटा सिँचाइ र एउटा बस्ती संरक्षण गर्न थप योजनासहित बजेट प्राप्त भएको उक्त कार्यालयका प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए ।

उनका अनुसार थप भएका छ वटा योजनाका लागि ७५ लाख रूपैयाँ प्राप्त भएको छ । ‘थपिएका योजनाका सम्बन्धमा सम्बन्धित लाभग्राही उपभोक्ता किसानलाई जानकारी गराएर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन थालिएको छ’ डिभिजन प्रमुख गुरागाईंले भने ‘थप भएको योजना तथा कार्यक्रम अत्यावश्यक देखिएका स्थान र मागअनुसार प्राप्त भएकाले लाभग्राही किसानलाई लाभ पुग्ने गरेर गुणस्तरीय काम गर्न–गराउन लाग्नेछाैं ।’

थपिएका योजनामध्ये दुप्चेश्वरस्थित तादी बोक्से बसेरी सिँचाइ योजना, सूर्यगढीस्थित डुडेमुहान हुँदै बगुवा–चनौटे सिँचाइ योजना, विदुरस्थित शेराफाँट सिँचाइ योजना, किस्पाङस्थित अधेँरी सुकौने चमानीडाँडा कोकेगाउँ घलेगाँउ तल्लोखेत सिँचाइ योजना, बेलकोटगढीस्थित बालुवाबगर सिँचाइ योजना र लिखुस्थित चौघडाबजार तादी खोला संरक्षणको लागि थप बजेट प्राप्त भएको छ ।

यसअघि बागमती प्रदेश सरकारबाट २६ करोड ५९ लाख १३० हाराहारीका योजना कार्यान्वयन रहेकामा यही आर्थिक वर्षभित्र कार्यान्वयन गराउन हाल नयाँ छ वटा योजना थपिएको हो ।

कार्यालयले चालु आर्थिक वर्षमा सङ्घीय र प्रादेशिकसमेत गरेर ३३ करोड ५ लाख बराबरका एक सय ५० योजना कार्यान्वयन गरिरहेको छ । सिँचाइ कुलोको सुद्धिढिकरण, नयाँ निर्माण, स्तरोन्नती तथा मर्मतसम्भारसहित नदी तथा खोलाले पु¥याएको कटान नियन्त्रण तथा जोखिममा परेको बस्ती संरक्षण, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जा, ऊर्जाको पुनःप्रयोग कार्यक्रमसहित आपतकालीन सेवाअन्तरगत तारजाली वितरणलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । रासस

Facebook Comments

Read Previous

विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा

Read Next

सिमसार जोगाउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar