Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

प्रवर्द्धकले फाइल बोकेर दौडिनु पर्ने अवस्थाको अन्त्य हुन्छ: ऊर्जा मन्त्री बस्नेत


काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अब प्रवर्द्धकले फाइल बोकेर कर्मचारीको कोठा–कोठा धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । विद्युत नियमन आयोगको चौंथो वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

‘फाइल बोकेर सबैतिर दौडिएर काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अब यसरी दौडिनु पर्ने तथा व्यक्तिको अनुहार हेरेर निर्णय गर्ने विगतको परम्पराको अन्त्य गर्न म प्रतिबद्ध छु । त्यसका लागि नीतिगत, कानूनी र संगठनात्मक सुधार गरेर जान तयार छु ।’ उनले नीतिगतरूपमा प्रक्रिया पूरा हुन दिनका लागि सबैले आ–आफ्नो व्यक्तिगत आचरण पनि सुधारेर जानुपर्नेमा उनले जोड दिए ।

उनले नियामक निकायले कार्यकारी संस्थाको भूमिकामा हस्तक्षप नगरी आफ्नो जिम्मेवारी बमोजिमको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । विद्युत विधेयक व्यवस्थापिका संसदमा टेबल हुन लागेको बताउँदै मन्त्री बस्नेतले चाँडै ऐनकोरूपमा आउने बताए ।

ऊर्जा क्षेत्रको विकासका लागि विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीसँगै व्यापारलाई पनि प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालयले काम गर्ने उनको भनाइ छ । मन्त्रालयको पहिलो प्राथमिकता आन्तरिक विद्युत खपत बढाउनु रहेको बताउँदै उनले बढी भएको विद्युत मात्रै छिमेकी देशहरूमा निर्यात गर्ने सरकारको नीति रहेको प्रष्ट पारे ।

हिउँदको माग समेत आफ्नै उत्पादनबाट धान्नु पर्ने गरी विद्युत उत्पादन बढाउँदा बर्खामा खेर जाने अवस्था रहने हुँदा निर्यात नै अहिलेको उत्तम विकल्प भएकाले सबैले व्यवहारिक ढंगबाट सोचेर सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयले विद्युतको आन्तरिक खपत बढाउनका लागि योजना बनाएर अगाडि बढिरहेको उनले बताए । ‘आन्तरिक खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका पूर्वाधारमा ठूलो लगानी आवश्यक छ । त्यसका लागि मन्त्रालयले योजना बनाएर काम गर्छ । कर्णाली र सूदुरपश्चिम प्रदेशका दुर्गम जिल्ला अझै विद्युत पहुँचबाट पछाडि रहेकाले यी क्षेत्रको विद्युतीकरणका लागि पनि सरकारले काम गर्नुपर्ने छ’, उनले भने ।


Read Previous

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत प्रगति

Read Next

विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

Leave a Reply

Your email address will not be published.